सूर्यदर्शन सहकारी प्रकरण : नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक खनाल पक्राउ

काठमाडौँ।

सूर्यदर्शन सहकारीको ठगी प्रकरणमा प्रहरीले नेचर हर्ब्स इन्टरनेशनलका सञ्चालक रामबहादुर खनाललाई पक्राउ गरेको छ ।
तनहुँको भानु नगरपालिका–८ बगालेफाँटका ४८ वर्षीय खनाललाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले काठमाडौंको पानीपोखरीबाट पक्राउ गरेको हो । उनी गोर्खा ग्रुप अफ कम्पनी लिमिटेडका पनि शेयरधनी हुन् ।

उनीमाथि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, कास्की पठाइएको सीआईबीका प्रवक्ता एवम् एसपी होविन्द्र बोगटीले बताएका छन् ।

सहकारीको रकम नेचर हर्ब्समा पनि ल्याएको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा अहिले पूर्वगृहमन्त्री रवि लामिछाने कास्की प्रहरीको हिरासतमा छन् ।

Source : https://newsofnepal.com/2024/10/25/675240/