यो मायालाई फकाउन

काठमाडौं ।

यो मायालाई फकाउन बोलको गीत भिडियोसहित सार्वजनिक गरिएको छ। नेपमेलोको प्रस्तुतिमा एसके प्रोडक्सन र एजी फिल्मस् अस्ट्रेलियासँगको सहकार्यमा निर्मित गीतमा गायक सम्राट किरण र गायिका प्रीति घिमिरेको स्वर रहेको छ। गीतमा डिपी खनालको शब्द रचना, शंकर थापा स्माइलको संगीत र विषम आचार्यको एरेजमेन्ट रहेको छ।

प्रशान्त तामाङको निर्देशन र कोरियोग्रफी रहेको गीतको भिडियोमा सञ्जीव महर्जन र एन्जिला गिरी फिर्चड छन्। भिडियोमा उनीहरूको नोकझोक र रमाइलो माया प्रेम दखाइएको छ।

गोपाल राईंको डीओपी रहेको भिडियोको सम्पादन र कलर विनोद बमले गरेका हुन्। गीत नेपमेलो युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

Source : https://newsofnepal.com/2024/10/23/674779/