वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकार जाइकाको निर्णय कुर्दै

काभ्रेपलाञ्चाेक – गएको असोज दोस्रो हप्ता बाढी र पहिरोले क्षतविक्षत बनाएको वीपी राजमार्गको पुनर्निर्माणका लागि सरकारले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को निर्णय कुरिरहेको छ । सडक डिभिजन कार्यालय भक्तपुरले केही दिनमै जाइकाको निर्णय आउने भएकाले निर्णय आएलगत्तै पुनर्निर्माणको काम थाल्ने जनाएको छ । वीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबासअन्तर्गत काभ्रेपलाञ्चोकको चौकीडाँडादेखि सिन्धुलीको बर्खेखोलासम्मको सडक खण्डको धेरैजसो सडक क्षतिग्रस्त अवस्थामा रहेको छ । बाढी पहिरोले अवरुद्ध राजमार्ग दुई हप्तापछि सञ्च...

Source : https://ujyaaloonline.com/story/108126/2024/10/24/awaiting-decision-for-vp-reconstruction