सबीलाई भारतबाट ड्याज्लिङ डिभा अवार्ड

काठमाडौं ।

भारतको जयपुरमा हालै सम्पन्न मिस टिन अफ द युनिभर्समा नेपाली सुन्दरी सबी थापाले विधागततर्फको ड्याज्लिङ डिभा अवार्ड जितेकी छन्।

२१ देशका १४ देखि २० वर्षसम्मका सुन्दरी सहभागी प्रतियोगितामा सबीले विधागत उपाधि जितेकी हुन्। सबीलाई नेपालबाट परिवर्तन इभेन्ट हाउसले प्रतियोगितामा पठाएको थियो।

प्रतियोगितामा जानुअघि उनलाई १० दिनसम्म ट्यालेन्ट स्टार नेपाल २०१९ की विजेता पिङ्की तामाङले तालिम दिएकी थिइन् भने उनको पहिरनको डिजाइन गोकर्ण गुरुङले गरेका थिए। सबीले प्रतियोगितामा राष्ट्रिय पोसाक विधामा तामाङ पोसाक लगाएकी थिइन्।

Source : https://newsofnepal.com/2024/10/23/674782/