सुनको भाउले फेरि राख्यो नयाँ रेकर्ड

काठमाडौं– नेपाली बजारमा सुनको भाउले फेरि नयाँ कीर्तिमान बनाएको छ । बुधबार सुनले राखेको कीर्तिमानलाई तोड्दै आज पुन नयाँ रेकर्ड कायम भएको हो ।

आज सुनको मुल्यमा छ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य तोलामा एक लाख ६२ हजार चार सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बुधबार सुनको भाउ तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ रहेको थियो । आज चाँदीको भाउ भने स्थिर छ । बिहिबार चाँदी प्रतितोला एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/184847/