सुनको मूल्यमा रेकर्डमाथि रेकर्ड, प्रतितोला दुई हजारले बढ्यो

काठमाडौं । साताको कारोबारको छैठौँ दिन शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला दुई हजार रुपैयाँले बढेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६२ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज दुई हजार रुपैयाँले बढेर एक लाख ६४ हजार ४०० रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला १९८० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रतितोला सुनको मूल्य एक लाख ४० हजार ९ सय ९५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६९७.५० रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/goldsilver-625.html