स्याङ्जाका तीन महिला क्रिकेटरलाई खुमा अर्याल फाउण्डेशनद्वारा एक/एक लाख रुपैयाँ पुरस्कार

काठमाण्डौ – स्याङ्जाको खुमा अर्याल फाउण्डेशनले तीन महिला क्रिकेटरलाई जनही एक/एक लाख रुपैयाँका दरले पुरस्कार प्रदान गरेको छ । १९ वर्षमुनिका उमेर समूहबाट नेपालको प्रतिनिधित्व गर्दै यूएईमा सम्पन्न टी–२० महिला क्रिकेट प्रतियोगितामा सहभागी स्याङ्जाका तीन जना खेलाडीहरु ज्योत्सिना मरासिनी, सिमाना केसी, कुसुम गोदार तथा स्याङ्जा क्रिकेट सङ्घका अध्यक्ष दिवाकर थापालाई पुरस्कार तथा सम्मान गरिएको संस्थाका सचिव ध्रुव शर्माले जानकारी दिनुभयो । देशका लागि खेल्न पाउँदा आफूलाई गर्व लागेको र आगामी दिनमा खेल्नका लागि थप ऊर्जा मि...

Source : https://ujyaaloonline.com/story/109077/2024/11/21/khuma-aryal-foundation-of-syangja-awards-3-female-