प्रधानमन्त्रीलाई रविको सन्देश- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौं

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई संवाद गर्नका लागि प्रस्ताव गरेका छन् । आइतबार सहकारीको बचत रकम ठगी प्रकरणमा गोर्खा मिडिया प्रालिका एक सञ्चालकको पक्राउपछि लामिछानेले प्रहरीको गतिविधिबारे चिन्तित महसुस गर्दै सामाजिक सञ्जालमार्फत यस्तो प्रस्ताव गरेका हुन् ।

सहकारी पीडितलाई न्याय दिने विषयमा आफू छलफलका लागि तयार रहेको उनले उल्लेख गरेका छन् । लामिछानेले प्रधानमन्त्री ओलीलाई सम्बोधन गर्दै लेखेका छन्, ‘न्युयोर्कबाट आँखा नसन्काउनुस् प्रधानमन्त्रीज्यू । फर्केर आउनूस् । बसेर कुरा गरौँ । सहकारीपीडितलाई न्याय दिने नियत भए म रुम मिलाउँछु, बिचौलियाको घर चाहिन्न । बाँकी भोलि…।’

प्रधानमन्त्री ओली संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्यूयोर्क पुगेका छन् । आइतबार दिउँसो प्रहरीले लामिछानेका तत्कालीन व्यापारिक साझेदार पूर्व डिआइजी छविलाल जोशीलाई पक्राउ परेका थिए । उनी कास्कीमा छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post प्रधानमन्त्रीलाई रविको सन्देश- न्यूयोर्कबाट आँखा नसन्काउनुस्, फर्किनुस्, बसेर कुरा गरौं appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/09/491196/