रामेछापमा जीप दुर्घटना :  एक जनाको ज्यान गयो, ६ जना घाइते

रामेछाप – रामेछापमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । ६ जना घाइते भएका छन् । मन्थली बजारवाट सालुतर्फ गुडिरहेको बा १८ च १८३९ नम्वरको जीप भदौरेमा दुर्घटना हुँदा मन्थली नगरपालिका–४ की वडा सदस्य पदमाया नेपालीको ज्यान गएको हो । घाइते  ६ जनामध्ये गाडी चालक गुणकुमार थापामगर र यात्री दिलीप बरुवालको अवस्था गम्भीर रहेको छ । 

Source : https://ujyaaloonline.com/story/106905/2024/9/22/jeep-accident-in-ramechhap-