किसोरीमाथि दुस्कर्म गरी हत्याको आरोपमा काका पक्राउ

बैतडी । बैतडीकी १७ बर्षीय किसोरी रेखा भट्टको बलात्कार पछि हत्या गरेको आरोपमा ३० बर्षीय युवक पक्राउ परेकाछन् । पक्राउ पर्नेमा मृतककै काका नातापर्ने पुर्चौडी नगरपालिका–४का युवक पक्राउ परेका हुन् ।

गत चैत्र २६ गतेदेखि घरबाट हराएकी किसोरी ३ दिनपछि जंगलमा मृत फेला परेकी थिइन् । घटनाको अनुसन्धान गरिरहेको प्रहरीले बलात्कारपछि हत्या भएको पुष्टि गर्दै अभियुक्त मृतकका काकालाई पक्राउ गरी मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

उनकै काकाले किसोरीलाई पटक–पटक जवरजस्ती करणी गरि गर्भवती बनाएको प्रहरीको भनाई छ ।

मृतक बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको पोष्टमार्टम रिपोर्टले देखाएको छ । अभियुक्त युवकको घरमा ३ओटा श्रीमती समेत रहेको बुझिएको छ । अभियुक्त माथी जिल्ला अदालतबाट १० दिनको म्याद थपगरि अनुसन्धान अगाडी बढाउने बैतडीका डिएसपी दिपक गिरीले बताए ।

उनले भने,“२६ गते बिवाहित किसोरी हराएको खबर प्राप्त भएलगत्तै खोजी गरेका थियौँ, २८ गते रानीवनमा किसोरीको शव भेटियो, शवको अवस्था हेर्दा टाउकोमा गम्भीर चोट देखियो भने पेट ठुलो देखियो, घटना संकास्पद लागेपछि अनुसन्धान ग¥यौँ र अन्ततः काकाले नै हत्या गरि शव फालेको पत्ता लागेको हो ।”

अभियुक्तले आफैले हत्या गरेको भनी स्वीकार गरिसकेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरिक्षक सरोज कुमार ठकुराठीले बताए । घटना स्थलमा पुग्न जिल्ला सदरमुकामबाट २ दिन समय लाग्ने भएकाले पहिलो पटक १० दिनको म्याद थप गरी अनुसन्धान गरिने उनले बताए ।

मृतक बालिकाको गत बर्ष बिवाह भएको भए पनि उनका पति रोजगारीको सिलसिलामा भारत छन् । घटनापछि उनि घर आएका छन् ।

The post किसोरीमाथि दुस्कर्म गरी हत्याको आरोपमा काका पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/94720/