नियासा र समिका बने आठौं राइजिङ स्टार बिजेता

काठमाडौं । आठौं संस्करणको राईजींग स्टारमा जुनियरर्फ एभरेष्ट इङ्लिस स्कुल, भक्तपुरकी नियासा प्रधानाङ्ग र सिनियरतर्फ ग्लोबल स्कुल काठमाडौंका समिका भटराई बिजयी बनेका छन् । यी दुईले उपाधिसँगै जनही एक लाख रुपैयाँ हाँसिल गरे ।

यस्तै फस्ट रनरअपको उपाधी जुनियरतर्फ नाइटिंगेल स्कुल, कुपण्डोलकी स्पर्श राई र सिनियर तर्फ आइडियल मोडल स्कुल धोबिघाटका प्रतिक जोशीले प्राप्त गरे । सेकेन्ड रनरअपको उपाधी जुनियरतर्फ बेबीलोन नेशनल स्कुल, शान्तिनगरकी शाइस्ता रेग्मी र सिनियरतर्फ ग्लोबल स्कुल, गंगबुकी दिक्षा पाण्डेले हाँसिल गरे ।

कार्यक्रममा ७३ जना विधार्थी सहभागी थिए । काठमाडौं उपत्यकाका बिभिन्न स्कुलहरुमा अध्ययन गर्ने कक्षा २ देखि १० सम्मका बिद्यार्थीहरु कार्यक्रलममा सहभागी थिए । कार्यक्रममा २४ विधामा उपाधी प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख निर्णायकको रुपमा साँस्कृतिक संस्थानका निवर्तमान महाप्रबन्धक एवं बरिष्ठ पत्रकार अशोकप्यासी राई र अन्य निर्णायकहरुमा प्याब्सन काठमाडौंका उपाध्यक्ष सुर्य भण्डारीे, राष्ट्रिय बालअधिकार परिषदका उपाध्यक्ष कवि बम बानियाँ, गायक अशोक मुकारुङ, मिस लिटिल लेडी प्रभिना थापा, मिस मंगोल २०२१ की बिजेता अप्रिल्ला घिसिङ, राइजिंगस्टार सिजन २ का बिजेता अनुष्का मानन्धर र राईजिंगस्टार सिजन ५ का बिजेता प्रशुन बडाल थिए ।

शैक्षिक सत्रको अन्त्यमा हुने लामो बिदाको सदुपयोग गर्दै बिद्यार्थी भाइबहिनिहरुमा लुकेर रहेको प्रतिभा, बौद्धिक क्षमता र सुन्दरतालाई राष्ट्रियस्तरको कार्यक्रम मार्फत प्रश्तुत गर्ने प्लेटफर्मको रुपमा राइजींगस्टार कार्यक्रम बिगत १० बर्ष देखि आयोजना गरिदै आएको कार्यक्रमका कार्यकारी व्यवस्थापक तथा संगीतकार शान्तिराम राईले बताए ।

The post नियासा र समिका बने आठौं राइजिङ स्टार बिजेता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95147/