बालविवाह न्यूनिकरण गर्न दैलेखमा धामीझाँक्री र पुरोहित सम्मेलन

दैलेख । पश्चिम नेपालको समाजमा विद्यमान कुरिति कुसँस्कार मात्र होइन अज्ञानता अशिक्षा र गरिवी अझैँ विद्यमान छ । बालविवाह,अन्धविश्वासले अझै पनि समाजमा जरा गाडेर बसको छन् । निर्मुल पार्न सरकारबाट प्रयास नभएका पनि होइनन् । एक दुई दिन अभियान चलाउने केही महिनामा छोडि दिने चलनले यस्तै हो भनेर गाउँका नागरिकले वेवास्ता गर्दै गएका छन् । तर न्युनिकरण भने विस्तारै भइरहेका छन ।

समाजमा छोराछोरी विच विभेद समाजमा उस्तै छ । छोरालाई काखा र छोरीलाई पाखा गर्ने समाज रुपान्तरणको अभ्यासमा विभिन्न संघसंस्थाहरु लागि परे पनि खासै काम गरेजस्तो देखिएको छैन । पैसा हुन्जेल अभियान सञ्चालन गर्छन रकम सकिएपछि अभियान रोकिने चलनले गर्दा संघ संस्थाका कर्मचारी समाज सेवा होइन जागिर खान आएका हुन भने गाउँका अगुवाले लख समेत काट्छन् ।

पछिल्लो समयमा कर्णालीका विभिन्न जिल्लाहरुमा बढदै गइरहेको बालविवाह न्युनिकरणको प्रयासमा विभिन्न स्थानीय तहहरुसँगको सहकार्यमा भइरहेको प्रयासले थोरै भएपनि भएपनि प्रतिफल प्राप्त भइरहेको देख्न सकिन्छ ।

त्यस्तै अनुसार दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकाले बालविवाह न्युनिकरण देखि बालरोग र कुपोषण विरुद्ध धामीझाँक्री र पुरोहित सम्मेलन गरेको छ । सेभ द चिल्ड्रेन, एभरेष्ट क्लब दैलेख, पहिलो कदम परियोजना सँगको सहकार्यमा नगरपालिकाले पश्चिम नेपालमा विभिन्न देवि देवताका मन्दिरहरु देखि धामीझाँक्रीहरुमा विस्वास गर्ने समाजलाई चेतनावृद्धि देखि समाज परिवर्तनका लागि सम्मेलन प्रभावकारी बन्ने आशा गरिएको छ ।

कर्णाली प्रदेशको तेस्रो तथा दैलेख जिल्लाको पहिलो र पृथक कार्यक्रमको रुपमा उक्त सम्मेलनलाई लिइएको छ । बालवालिका देखि ग्रामिण क्षेत्रका मानिसहरु विरामी हुँदा होस या कुनै समस्या परेको खण्डमा धामीझाँक्रि कहाँ पुग्ने र उनीहरुको बचनलाई पुर्ण विस्वास गर्ने तथा विवाहको साइत हेर्नेदेखी विवाह सम्पन्न गर्ने पुरोहित समाज परिवर्तनका वाहक भएकाले उनीहरु मार्फत समाजमा सकारात्मक सन्देस दिनका लागि उक्त सम्मेलनको आयोजना गरिएको हो ।

सम्मेलनमा जिल्लाका बुद्धिजिवी, जनप्रतिनिधिहरु देखि नगरपालिका क्षेत्रका धामीझाँक्रि र पुरोहितहरुको सहभागिता रहेको थियो । धामी झाक्री सहित सम्मेलनमा सहभागिता जनाएका धाँमीझाँक्रिहरु र पुरोहितहरुलाई नगरपालिकाले सम्मान समेत गरेको छ । सम्मेलनको उद्धघाटन गर्दै दैलेख क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य दिक्पाल कुमार शाहीले वालविवाह विसंगति र विकृतिका रुपमा रहेको भन्दै गरिवी पछौटेपन अशिक्षा र अभावका कारण हुने गरेको भन्दै सभ्य समाज निर्माणका सबै सचेत नागरिकले उत्तिकै जिम्मेवारी रहेको बताए । उनले भन, हामी सभ्य समाज निर्माणका लागि जानेका व्याक्तिले नजानेका सिकाउन सक्नुपर्छ अनि मात्र सभ्य समाज निर्माण हुन्छ । त्यसको लागि आजकै दिनबाट तपाई हामी लागिपर्नु पर्छ ।

सोही कार्यक्रममा बोल्दै चामुण्डाबिन्द्रासैनी नगरपालिका नगरप्रमुख गणेश कुमार शाहीले भौतिक विकास समयको चक्र अनुसार हुने भन्दै मानविय विकास आजको प्रमुख आश्यकता रहेको बताए । समाजमा चेतनाको विकास गर्नका लागि नै समाजको मुख्य भागमा रहेका धामीझाँक्रि पुरोहित सम्मेलन एक नयाँ कार्यक्रमका रुपमा रहेको छ उनले भने ।

कुपोषण र हिंसा न्युनिकरणका लागि अभियानको रुपमा संस्थाले भोलिका दिनमा समेत दिर्घकालिन रुपमा अगाडी बढाईने एभेरष्ट क्लव दैलेखका सचिव तथा सुचना अधिकारी कृष्ण केसीले बताए । समाजको पहिलो डाक्टरका रुपमा रहेका विभिन्न देविदेवताका धाँमी झाँक्रिहरुलाई सम्मानपुर्वक सम्मेलनमा सहभागिता गराई समाज रुपान्तरणको बाटोमा ल्याउन खोजिएको कार्यक्रमले समाजमा एक नयाँ सन्देश दिन खोजिएको हो उनले भने । भोलिका दिनहरुमा यसले कस्तो नतिजा ल्याउला त्यो भने उत्सुकताको विषय बनेको छ ।

The post बालविवाह न्यूनिकरण गर्न दैलेखमा धामीझाँक्री र पुरोहित सम्मेलन appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95062/