स्पेनिस ला लिगामा बार्सिलोनाको छैटौँ जीत, भिल्लारियल ५–१ ले पराजित

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले भिल्लारियललाई हराएको छ । भिल्लारियलको घरेलु मैदान सिरामिका स्टेडियममा गएराति भएको खेलमा बार्सिलोनाले भिल्लारियललाई ५–१ गोलले हराएको हो । बार्सिलोनाको यो छैटौँ जीत हो । जीतपछि शीर्ष स्थानको बार्सिलोनाको ६ खेलबाट १८ अङ्क पुगेको छ । समान खेलबाट ११ अङ्क जोडेको भिल्लारियल भने पाँचौँ स्थानमा छ । उसको यो दोस्रो हार हो । बार्सिलोनाको जीतमा रोवर्ट लेवान्डोस्कीले खेलको २० औँ मिनेटमा गोल गर्दै सुरुआती अग्रता दिलाएका थिए । त्यसको १५ मिनेटपछि उनले अग्रता दोब्बर बनाए । यस्तै बार्...

Source : https://ujyaaloonline.com/story/106929/2024/9/23/barcelonasixth-win-in-the-spanish-la-liga-