इजरायलद्धारा इरानमा आक्रमण , मध्यपूर्वमा युद्ध चर्कने संभावना बढ्यो

इजरायलले इरानमाथि हवाई आक्रमण गरेको छ । शनिबार बिहान केही सैन्य केन्द्रहरूलाई लक्षित गरेर आक्रमण गरिएको इजरायलले बताएको छ ।

इरानले यस महिनाको सुरुमा इजरायलमा प्रहार गरेको ब्यालेस्टिक मिसाइलहरूको जवाफस्वरूप आक्रमण गरिएको इजरायलको भनाई छ ।

आक्रमणका बेला इरानको राजधानी तेहरानमा विस्फोटको आवाज सुनिएको थियो । यसबाट भएको क्षतिको बिवरण आउन बाँकी रहेको छ ।

आक्रमणले मध्यपूर्वमा इरान समर्थित लडाकु समूहहरू, गाजामा हमास र लेबनानमा हेजबोल्लाहसँग युद्धमा रहेका बेला इजरायल बिरुद्ध पूर्ण युद्धतर्फ धकेल्न सक्ने जोखिम बढेको छ ।

इजरायली सेनाले शनिबार सैन्य ठेगानाहरूमा प्रहार गरेको र यसले परमाणु वा तेलको ठेगानाहरूलाई निशाना नबनाएको जनाएको छ।

इजरायलले आफ्नो जवाफी आक्रमणमा इरानको परमाणु र तेलको ठेगानाहरूलाई सम्भावित लक्ष्य बनाउन सक्ने अनुमान गरिएको थियो ।

तर अक्टोबरको मध्यमा अमेरिकी बाइडेन प्रशासनले यसरी आक्रमण नगर्नको लागि चेतावनी दिएपछि आफनो निर्णयबाट इजरायलपछि हटेको हो ।
इरानी राज्य सञ्चारमाध्यमले तेहरानमा विस्फोटको आवाज सुनिएको उल्लेख गरेको छ ।

गाजामा हमाससँगको युद्ध ७ अक्टोबर २०२३ मा सुरु भएको थियो । इजरायलले लेबनानमा भूमि आक्रमण र विभिन्न हवाई आक्रमणहरू पनि गरिरहेको छ ।

Source : https://www.khasokhas.com/211066