इजिप्ट मलेरियामुक्त भएको डब्ल्यूएचओको पुष्टि

इजिप्टले मलेरिया उन्मूलनको प्रमाणपत्र प्राप्त गरेको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले इजिप्टलाई मलेरिया–मुक्त भएको मान्यता दिएको हो । सम्मेलनको क्रममा एक भिडियो भाषणमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोमले इजिप्टलाई यो उपलब्धिमा पुग्नको लागि बधाई दिनुभयो । जसले हेपाटाइटिस सी उन्मूलनमा देशको सफलता पछि अर्को कोसेढुङ्गाको प्रतिनिधित्व गर्दछ । मलेरिया लामखुट्टेको टोकाइबाट सर्ने रोग हो । डब्ल्यूएचओका अनुसार तुतानखामुन र अन्य ममीहरूमा पाइने आनुवंशिक प्रमाणका साथ इजिप्टमा लगभग चार हजार ईसापूर्वदेखि मलेरिया रहेको छ...

Source : https://ujyaaloonline.com/story/108025/2024/10/21/who-confirms-egypt-is-malaria-free



Related Posts