जथाभाबी 'हर्न' बजाउन रोक्न ट्राफिक प्रहरीले 'प्ले कार्ड' मार्फत सचेतना जगाउँदै

काठमाण्डाै – ट्राफिक प्रहरीले केही दिनयता काठमाण्डौका चोकचोकमा 'नो हर्न' लेखिएका 'प्ले कार्ड' सहित गाडी चालकको नजिकै गएर अनावश्यक हर्नको प्रयोग नगर्न अनुरोध गरिरहेको छ । काठमाण्डौ उपत्यकामा २०७४ साल वैशाख १ गतेदेखि 'हर्न निषेधित क्षेत्र' घोषणा भएको थियो । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा ध्वनि सङ्केत दिन निषेध गरेको ठाउँमा 'हर्न' बजाएमा ट्राफिक नियम उल्लङ्घन हुने व्यवस्था छ । कानूनी व्यवस्था हुँदाहुँदै पनि कतिपय चालकले लापर्बाही गरी अनावश्यक रूपमा 'हर्न&...

Source : https://ujyaaloonline.com/story/108161/2024/10/25/no-horn-please-campaign-in-kathmandu-valley