टाउकोमा चोटका कारण ब्राजिलका राष्ट्रपतिद्वारा ब्रिक्स सम्मेलनका लागि रुस भ्रमण रद्द

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाले टाउकोमा लागेको चोटका कारण ब्रिक्स शिखर सम्मेलनका लागि रुसको भ्रमण रद्द गर्नुभएको छ । उहाँ रुसमा आयोजना हुने ब्रिक्स सम्मेलनमा सहभागी हुने तयारीमा हुनुहुन्थ्यो । ब्राजिलका राष्ट्रपति घरमै एक दुर्घटनामा घाइते हुनुभएको बीबीसीले जनाएको छ । उहाँको टाउकोमा पाँच वटा टाँका लगाएर घर पठाइएको खबरमा उल्लेख छ । ब्राजिलको राजधानी ब्राजिलियाको एक अस्पतालले राष्ट्रपति सिल्भालाई लामो दूरीको हवाई यात्रा नगर्न सल्लाह दिएको जनाएको छ । अब उहाँले भिडियो कन्फ्रेसिङ्गको माध्यमबाट सम्मेलनमा भाग लिनुहुने छ ।...

Source : https://ujyaaloonline.com/story/108016/2024/10/21/brazil-president-cancels-russia-trip-after-injury