डेङ्गीबाट बच्न सरकारी कार्यालयमा सरसफाई… (तस्विरहरु)

काठमाडौँ । सरकारले डेङ्गीको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ गरेको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गरेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्बाट उक्त निर्णय भएको सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

यसैबीच, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मन्त्रिपरिषद्को निर्णयानुसार आज बिहान १० बजे आ-आफ्ना कार्यालय परिसरमा सरसफाइ गरी डेङ्गी नियन्त्रण अभियान सञ्चालन गर्न मातहतका कार्यालयलाई निर्देशनसमेत दिएको छ । सोही निर्देशन अनुसार आज (शुक्रबार) देशभरका सरकारी कार्यालयमा सरसफाई गरिएको छ ।

तस्विरमा हेर्नुहोस् सिंहदरबार क्षेत्रमा डेङ्गी संक्रमबाट बच्न गरिएको सरसफाई अभियानः

Source : https://arthasarokar.com/2024/10/sarsafai-3.html