तोलामै एक हजार रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साताको कारोबारको चौथो दिन बुधबार सुनको मूल्य घटेको छ । कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला एक हजार रुपैयाँले घटेको हो ।

कारोबारको अघिल्लो दिन प्रतितोला एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज एक हजार रुपैयाँले घटेर एक लाख ५९ हजार एक सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले घटेर प्रतितोला १९०० रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाला सुनको मूल्य एक लाख ३६ हजार ४ सय ५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १६२९ रुपैयाँ कायम गरेको छ ।

सुनचाँदीको मूल्य सम्बन्धि दैनिक विवरण अर्थ सरोकार डटकममा ‘अटो अपडेट’ हुन्छ । अर्थ सरोकार ‘सुनचाँदी पेज’ मा सो विवरण हेर्न सकिन्छ ।

Source : https://arthasarokar.com/2024/10/goldsilver-623.html



Related Posts