भलिबल उपाधि शिखर र शुक्लाफाँटा नगरपालिकालाई

बझाङ । सुदूरपश्चिमकै सबै भन्दा ठूलो धनराशि पुरस्कार रहेको चौथो उद्योग वाणिज्य संघ कप २०८१ भलिबलको उपाधि पुरुष तर्फ डोटीको शिखर नगरपालिका र महिला तर्फ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले जित हात पारेका छन् ।

पुरुषतर्फ शिखर नगरपालिकाले डडेल्धुराको परशुराम नगरपालिकाको टिमलाई ३–२ को सेटले पछि पारेको थियो । महिला तर्फको प्रतिस्पर्धामा शुक्लाफाँटा सँग बझाङको बित्थडचिर गाउँपालिकाको टिम ३–१ को अन्तरमा पराजित भएको थियो ।

प्रथम हुने टिमले पुरुष तर्फ नगद २ लाख २ हजार ८१ र महिला तर्फ १ लाख २ हजार ८१ रुपैयाँ नगद पुरस्कार, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका छन् । यस्तै दोस्रो स्थान प्राप्त गर्ने टिमले पुरुष तर्फ १ लाख २ हजार ८१ र महिला तर्फ ५२ हजार ८१ रुपैयाँ नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । तेस्रो स्थान प्राप्त गर्ने टिम पुरुष तर्फ बझाङको छविस पाथिभेरा गाउँपालिका ‘ए’ ले ५२ हजार ८१ र महिला तर्फ मष्टा गाउँपालिकाले २२ हजार ८१ रुपैयाँ नगद पुरस्कार ट्रफी, प्रमाणपत्र प्राप्त गरेको छ ।

पुरुष तर्फ १७ र महिलातर्फ १२ टिमको सहभागिता रहेको उक्त खेल कार्तिक १ गते बाट संचालन भए भएर ८ दिन सम्म चलेको थियो । कोजाग्रत पूर्णिमाका दिन बझाङ सदरमुकाम चैनपुरमा लाग्ने शिलदेवी मेलाको अवसर पारेर बझाङ उद्योग वाणिज्य संघले यो प्रतियोगिताको आयोजना गर्दै आएको छ । आयोजनाको यो चौथो संस्करण बझाङ उद्योग बाणिज्य संघका अध्यक्ष दानबहादुर सुर्मेलीले बताए ।

संघले विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई पनि नगद र प्रमाणपत्र सहित सम्मान गरेको छ । सम्मानित हुनेमा पुरुषतर्फ सुनिल बोहरा, हरि बोहरा, स्पाइकर राजेन्द्र बोहरा, डिफेन्डर विनोद चन्द, सुनिल सुतारा, राइजिङ प्लेयर दिपिन गिरी, हेमन्त मल्ल र उत्कृष्ट कोच गोकर्ण मल्ल रहेका छन् ।

यस्तै महिलातर्फ गरिमा बोहरा, लिफ्टर सेटर सर्मिला दमाई, डिफेन्डर बबिता बोहरालाई पनि नगद र प्रमाणपत्र सहित सम्मान गरिएको बझाङ उद्योग वाणिज्य संघका महासचिब नरेन्दख्र खड्काले बताए ।

यस्तै डेउडा प्रतियोगितान समेत सम्पन्न भएको छ । महिला र पुरुष तर्फ पालिका स्तरीय डेउडा प्रतियोगितामा पुरुष तर्फ खप्तडछान्ना गाउँपालिका प्रथम भएको छ । जसले नगद ३० हजार, द्धितिय तलकोट गाउँपालिकाले नगद रु २० हजार तृतिय थलारा गाउँपालिकाले रु १० हजार नगद प्राप्त गरेका छन् । यस्तै शान्तनामा साईपाल गाउँपालिका, छविसपाथिभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका र मष्टा गाउपालिका भएको आयोजकले जनाएको छ ।

महिला तर्फ डेउडा प्रतियोगितामा भने छविसपाथिभेरा गाउँपालिका प्रथम भएको जसले नगद ३० हजार प्राप्त गरेको छ । यस्तै क्रमश द्धितिय जयपृथ्वी नगरपालिकाले नगद रु २० हजार र तृतिय खप्तडछान्ना गाउँपालिकाले १० हजार प्राप्त गरेको उद्योगबाण्ज्यि संघका अध्यक्ष दान बहादुर सुर्मेलीले जानकारी दिए । यस्तै सान्त्वनामा दुर्गाथली,तल्कोट,सुर्मा गाउँपालिका र जयपृथ्वी नगरपालिका भएका छन् । शान्त्वना हुने टिमलाई एक हजार दिएको सुर्मेलीले बताए ।

खेलमैदान अभावका कारण स्थानीयको जग्गा भाडामा लिएर खेल संचालन गर्नु पर्दा आफुलाई निकै दुःख लागेको अध्यक्ष सुर्मेलीले बताए । मुख्य ,प्रयोजक बनेको जयपृथ्वी नगरपालिकाका तथा कार्यक्रमका प्रमुख अतिथी मेयर चेतराज बजालले सबै स्थानीय तहहरु मिले जिल्लामा एटा उचित खेलमैदान निर्माण गर्नु पर्ने बताए ।

यस विषयमा प्रदेश सरकार र संघिय सरकारले समेत चाँसो दिन जरुरी रहेको मेयर बजालको भनाई छ । जिल्लामा उचित खेलमैदान नभएका कारण खेलाडी र खेल प्रेमिले विभिन्न समस्या झेल्नु परेको उनको भनाई छ । यस बर्ष पनी २५ हजार भाडा तिरेर खेल संचालन गरेको बाण्ज्यि संघका उपाध्यक्ष संकर रसाईलीले बताए ।

The post भलिबल उपाधि शिखर र शुक्लाफाँटा नगरपालिकालाई appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102771/