मलेसियाले श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ७ सय रिङ्गेट तोक्यो

मलेसिया सरकारले देशका सबै क्षेत्रमा काम गर्ने श्रमिकको नयाँ न्यूनतम तलब बढाएर एक हजार सात सय रिङ्गेट पुर्‍याएको छ । मलेसियाली प्रधानमन्त्री तथा अर्थमन्त्री अनवर इब्राहिमले हिजो संसद्मा पेश गर्नुभएको आउँदो आर्थिक वर्षको बजेटमा श्रमिकको न्यूनतम तलब एक हजार पाँच सयबाट बढाएर एक हजार सात सय रिङ्गेट पुर्‍याउने घोषणा गर्नुभएको मलेसियाको सञ्चारमाध्यम मलायमेलले जनाएको छ । बढेको पारिश्रमिक आउँदो फेब्रुअरी १ देखि कार्यान्वयनमा आउने प्रधानमन्त्री इब्राहिमले बताउनुभयो । पाँच जनाभन्दा कम श्रमिक भएको रोजगारदाताले भने आउँदो अगस्ट...

Source : https://ujyaaloonline.com/story/107933/2024/10/19/malaysia-raised-minimum-wage-to-rm-1700