मस्कले अवैध लटरी सञ्चालन गरेर मतदातालाई प्रभाव पार्न खोजेको भन्दै मुद्धा दायर

अमेरिकाको फिलाडेल्फिया जिल्ला न्यायधिबक्ता अटर्नीको कार्यालयले इलोन मस्क र उनको राजनीतिक एक्शन समितिलाई स्विङ्ग राज्यका दर्ता भएका मतदाताहरुलाई १ मिलियन डलर पुरस्कार दिनबाट रोक्न मुद्दा दायर गरेको छ। यो मुद्दामा उनीहरूलाई अवैध लटरी सञ्चालन गरेको आरोप लगाइएको छ।

जिल्ला अटर्नी ल्यारी क्रास्नरद्वारा दायर गरिएको यो मुद्दामा मस्क र उनको अमेरिका पीएसीले राष्ट्रपतिको चुनावमा मतदातालाई प्रभाव पार्न खोजेको आरोप लगाइएको छ।

यो मुद्दा अमेरिकी न्याय विभागले अमेरिका पीएसीलाई यसको दैनिक १ मिलियन डलरको स्वीपस्टेक्सले संघीय चुनावी कानुनको उल्लङ्घन गर्नसक्ने चेतावनी दिएको केही दिनपछि आएको हो।

क्रास्नरको मुद्दामा टेस्लाका सीईओ इलोन मस्क र अमेरिका पीएसीलाई प्रतिवादीका रूपमा नाम दिइएको छ। मस्कले रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पलाई राष्ट्रपतिको चुनावमा समर्थन गरेका छन् । भने डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसविरुद्ध प्रतिस्पर्धामा छन्।

क्रास्नरको प्रारम्भिक आदेशको लागि मुद्दाको सुनुवाइ फिलाडेल्फियामा शुक्रबार बिहान तोकिएको छ, जसले मस्क र पीएसीलाई दैनिक पुरस्कार दिन रोक्न सक्नेछ।

अमेरिका पीएसी र इलोन मस्कले फिलाडेल्फियामा (साथै पेन्सिल्भेनिया भरि) अवैध लटरी सञ्चालन गरिरहेका छन् । फिलाडेल्फिया काउन्टी कोर्ट अफ कमन प्लिजमा दायर गरिएको मुद्दामा उल्लेख छ।

मुद्दामा यो स्पष्ट रूपमा अवैध लटरी हो भनिएको छ । पेन्सिल्भेनिया राज्यको कानुनअनुसार, त्यहाँका सबै लटरीहरू राज्यद्वारा नियमन गरिनुपर्दछ।

मस्कको लटरीले पेन्सिल्भेनिया उपभोक्ता संरक्षण कानुनको पनि उल्लङ्घन गरेको आरोप लगाइएको छ जिल्ला अटर्नीलाई चुनावको निष्पक्षतामा हुने हस्तक्षेपबाट जनतालाई बचाउन पनि जिम्मा दिइएको छ क्रास्नरले भने।

अमेरिकामा नोभम्वरको ५ तारिकमा चुनाव हुँदैछ । एलन मस्कले रिपल्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पको पक्षमा भोट मागिरहनु भएको छ ।

Source : https://www.khasokhas.com/211133