लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न जिल्ला अदालत, कास्कीले प्रहरीलाई ६ दिनको म्याद दिएको छ । न्यायाधीश नवराज दाहालको इजलासले उनीमाथि अनुसन्धान गर्न ६ दिनकाे समय दिएको हो ।

लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा शुक्रबार पार्टी मुख्यालयबाट पक्राउ परेका हुन् । शुक्रबार नै उनलाई पाेखरा लगिएकाे हाे । पक्राउ परेको दिनबाटै गणना गर्नेगरी म्याद थप भएकाे हाे । सभापति रवि लामिछानेको पक्ष र विपक्षमा प्रदर्शन हुन थालेपछि आज स्थानीय प्रशासनले निषेधाज्ञासमेत जारी गरेकाे थियाे ।

पोखराको सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गीतेन्द्रबावु (जिवी राई) सँग मिलेर सभापति लामिछानेले गोर्खा मिडिया नेटवर्कमा रकम ल्याएर अपचलन गरेको विषयमा उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय, कास्कीले अनुसन्धान गरिरहेको छ । लामिछानेले आफू निर्दाेष रहेकाे बयान दिँदै आएका छन् ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post लामिछानेलाई ६ दिन हिरासतमा राख्न अनुमति appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493461/