विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई १० विकेटले हरायो

काठमाण्डौ – आईसीसी विश्वकप क्रिकेट लिग–२ मा स्कटल्याण्डले अमेरिकालाई हराएको छ । डालासमा भएको खेलमा स्कटल्याण्डले घरेलु टोली अमेरिकालाई १० विकेटले हराएको हो । अमेरिकाले दिएको १ सय ४५ रनको सामान्य लक्ष्य स्कटल्याण्डले २४ ओभर पाँच बलमा कुनै पनि विकेट नगुमाइ भेटायो । उसका एन्ड्रियु उमिदले ९८ र चार्ली टियरले ४३ रन बनाए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाका लागि शाड्ली भान स्काल्कवेकले सर्वाधिक ५५ रन बनाए । स्कटल्याण्डका ब्राड क्युरीले चार र ब्रान्डन म्याकमुलेनले तीन विकेट लिए । यसै शृङ्खलाअन्तर्गत नेपालले भोलि बे...

Source : https://ujyaaloonline.com/story/108177/2024/10/26/scotland-beat-america-by-10-wickets-in-world-cup-