वैदेशिक राेजगारीमा अस्ट्रेलिया पठाइदिने भन्दै १७ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डाै – वैदेशिक रोजगारीका लागि अस्ट्रेलिया पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको धुनिवेशी नगरपालिका वडा नम्बर ८ जीवनपुर घर भई काठमाण्डौको लाजिम्पाट बस्ने २४ वर्षीय किशोर गर्ताैला रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । गर्ताैलाले आकर्षक तलबको प्रलोभनमा पारी अस्ट्रेलिया पठाइदिने भन्दै एक जनाबाट १७ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएका थिए । उनलाई काठमाण्डौको दरबारमार्गबाट पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको का...

Source : https://ujyaaloonline.com/story/108165/2024/10/25/fraud-by-saying-that-it-will-be-sent-to-australia