सञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्न जुटे सुन्दरहरैंचाका सञ्चारकर्मी

बिराटनगर । रेडियो सुसेलीको आयोजनामा स्थानीय सञ्चारकर्मीसंग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा रेडियो सुसेलीलाई थप शसक्त कसरी बनाउन सकिन्छ भन्ने विषयमा स्थानीय सञ्चारकर्मीसँग छलफल गरिएको छ।

पछिल्लो समय आर्थिक मन्दीका कारण सञ्चार क्षेत्रमा लामो समयदेखि कार्यरत सञ्चारकर्मीहरू पलायन हुने अवस्था सिर्जना भएको र यस अवस्थालाई रोक्न सञ्चार संस्थाको विकास एवं सञ्चारकर्मीहरू बीच सहकार्य गरी सुन्दरहरैँचाको समग्र पत्रकारिता र नगरको विकासमा योगदान पुर्‍याउने विषयमा गहन छलफल भएको रेडियो सुसेलीका कार्यकारी प्रमुख बाबुराम निरौलाले जानकारी दिए।

कार्यकारी प्रमुख निरौलाका अनुसार आर्थिक अभाव कै कारण धेरै रेडियोहरू बन्द हुँदै गएको अवस्थामा पनि रेडियो सुसेली सञ्चालनमा रहेको र आगामी दिनमा यसलाई अझ प्रभावकारी र डिजिटल माध्यमबाट सञ्चालन गर्ने विषयमा समेत सहकार्य गर्ने गरी छलफल भएको बताए।

सञ्चारकर्मीको एकताले समाजमा हुने सकारात्मक र नकारात्मक पक्षहरूलाई उजागर गर्न थप बल पुग्नेछ। सञ्चार क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परेको प्रभावलाई चिर्दै आफूलाई परिष्कृत गरी अहिलेको प्रविधिसँग सुहाउँदो सञ्चारकर्म गर्न कसरी लाग्ने भन्ने विषयमा समेत छलफल भएको बताईएको छ।

छलफल कार्यक्रमको अध्यक्षता रेडियो सुसेली सञ्चालन उपसमितिका संयोजक सुरेन्द्रबहादुर थापा,रेडियो सुसेलीका अध्यक्ष रमेश खड्का, सन्तोष बान्तावा तथा विभिन्न सञ्चारगृहका कार्यरत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

The post सञ्चार क्षेत्रलाई थप व्यवस्थित गर्न जुटे सुन्दरहरैंचाका सञ्चारकर्मी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102634/