सिन्धुली–रामेछाप जोड्ने खुर्कोटमा रहेको सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकियो

रापेछाप – नेपाली सेनाले सिन्धुली–रामेछाप जोड्ने सुनकोशी नदीमा बेलिब्रिज हाल्ने काम सकेको छ । गएको असोज १२ गतेको बाढीले पुल बगाएपछि नेपाली सेनाले बेलिब्रिज हालेको हो । बिहान बेलिब्रिजको काम सकेको र अब भारवहन क्षमता जाँच गरेर एक/दुई दिनभित्रै गाडी चलाउन खुल्ला गर्ने सेनाले जनाएको छ । पैदल यात्रुहरु भने पुलबाटै वारपार गर्न थालेका छन् । रामेछापतर्फको पिल्लरको जगमा सडक डिभिजनले रिटेनिङ वाल र तारजाली भर्ने केही काम बाँकी रहेको छ । त्यो काम पनि चाँडै सकिने सडक विभागले जनाएको छ । सिन्धुलीको खुर्कोट र ...

Source : https://ujyaaloonline.com/story/108023/2024/10/21/the-work-of-laying-a-belay-bridge-on-the-sunkoshi



Related Posts