गौशाला धर्मशाला खाली गर्न गएको महानगर प्रहरीलाई नेपाल प्रहरीले फर्कायाे

काठमाण्डाै – पशुपति क्षेत्रको गौशाला धर्मशाला खाली गर्न गएको काठमाण्डौ महानगरको प्रहरीलाई नेपाल प्रहरीले फर्काएको छ । धर्मशाला सञ्चालनका लागि पशुपति क्षेत्र विकास कोषसँग सम्झौता गरेको काठमाण्डाै महानगरपालिकाले आज बिहान नगर प्रहरी पठाएर भवन खाली गर्न माइकिङ गरेको थियो । यस्तै दिउँसो वडा नम्बर ८ का अध्यक्ष आशमान सङ्गत र नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली पुगेर धर्मशालामा महानगरको बोर्ड राखेको थियो । महानगरको बोर्ड राख्ने क्रममा मारवाडी सेवा समितिका सदस्यहरूले भवन खाली लगाउन लिखित पत्र दिनुपर्ने, नेपाल प्रहर...

Source : https://ujyaaloonline.com/story/107634/2024/10/9/metropolitan-police-sent-back-from-dharamshala