छविलाललाई पोखराबाट बयानका लागि बुटवल लगियो

काठमाडौं– सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डीआइजी तथा गोर्खा मिडियाका तत्कालीन प्रवन्ध निर्देशक छविलाल जोशीलाई रुपन्देही लगिएको छ ।

जोशीलाई सोमबार बयानका लागि पोखराबाट रुपन्देहीको बुटवल लगिएको हो । बुटवलमा बयान सकिएपछि फेरि कास्की फर्काइने प्रहरीले जनाएको छ ।

जोशी गत असोज ६ गते पक्राउ परेका थिए । उनी गोरखा नेटवर्कमा जीबी राई र रवि लामिछानेका तत्कालीन साझेदार समेत हुन् । उनको त्यहाँ बयान पूरा भएपनि कात्तिक ७ गते पोखरा फर्काइने प्रहरीले जनाएको छ ।

सहकारी ठगीको आरोपमा छविका पूर्व व्यापारिक साझेदार तथा रास्वपाका सभापति रवि लामिछाने पनि शुक्रबारबाट कास्की प्रहरीको हिरासतमा छन् । सूर्यदर्शन सहकारी ठगीको आरोपमा पूर्व गृहमन्त्री लामिछानेलाई प्रहरीले शुक्रबार काठमाडौंबाट पक्राउ गरेको थियो । रविलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आइतबार जिल्ला अदालतले अनुमति दिएको छ ।

 

Source : https://onlinetvnepal.com/2024/10/185037/



Related Posts