जापान पठाउने भन्दै दुई लाख बढी ठग्ने पारस कार्की पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि जापान पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका वडा नं. २४ भई हाल काठमाडौँ महानगरपालिका वडा नं.  ३१ संखमुल बस्ने २८ वर्षीय पारस कार्की रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले संखमुलबाट पक्राउ गरेको हो ।

कार्कीले दुई जनालाई जापान पठाउने भन्दै दुई लाख २५ हजार रुपैयाँ ठगी गरेका थिए ।

हाल उनलाई थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको छ ।

Source : https://arthasarokar.com/2024/10/pakrau-282.html



Related Posts