निगमले बढायो इन्धनको मुल्य

काठमाडौं । नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमको मंगलबार बसेको संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर १ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँ बढाएको हो । 

निगमले बढेको मुल्य आज राति १२ बजेदेखि लागि हुने निगमले जनाएको छ । नयाँ मुल्य अनुसार अब काठमाडौँमा पेट्रोलको प्रति लिटर १५९ र डिजल तथा मट्टीतेलको प्रति लिटर १५१ रुपैयाँ पर्ने भएको छ ।

The post निगमले बढायो इन्धनको मुल्य appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102288/