हुम्लामा यस बर्षको दशैमा ९ करोडको खसीबोको बिक्री

हुम्ला । यस बर्षको बडादसैँमा हुम्लामा साढे ९ करोड रुपैयाँका खसी-बोकाको ब्यापार भएको छ । जिल्लाभरि खसीको बली बढी दिने भएकाले र खसी बोकाको मूल्य पनि बृद्धि भएको कारण गत वर्षभन्दा यस वर्ष खसीको मूल्य बढी परेको हो ।

प्रति खसी बोकाको मूल्य ३० देखि ३५ हजार रुपैयाँमा बिक्री बितरण भएकाले साढे नौ करोडको खसी बोका बिक्री भएको हुम्ला उद्योग बाणिज्य संघका अध्यक्ष रामबहादुर भण्डारीले जानकारी दिए । अध्यक्ष भण्डारीका अनुसार गतवर्ष सात करोडका खसी बोकाको ब्यापार दसैँको समयमा भएको बताए । उनले यसवर्ष खसीको बली दिने ब्यक्तिको संख्यामा बृद्धि भएको र खसीको मूल्य पनि बृद्धि भएको कारण आर्थिक कारोवार बढेको अध्यक्ष भण्डारीको भनाई छ ।

हिन्दु परम्परा अनुसार प्रत्येक घरमा दसैँका लागि खसी र बोकाको बली दिनुपर्ने चलन अनुसार वर्षेनी दसैँको समयमा खसीको ब्यापार बृद्धि भई रहेको छ । सिमकोट गाउँपालिका- ५ र ६ का छ सय भन्दा बढी घरधुरीमा खसीको बली चढाईएको स्थानीय चितल रावतले बताए ।

यो दसैँ अधिकांश घरपरिवारलाई दशै मनाउने भएको कारण पनि यसपाली खसीको ब्यापारमा बृद्धि भएको उनले बताए । जिल्लाभरका सात वटा गाउँपालिकामा ४४ वटा वडा रहेको छन् । त्यसमा एक हजारभन्दा बढी घरधुरी रहेकोमा खसी बोकाको बली दिएकाले पनि गत बर्ष भन्दा बढि ब्यापार भएको बताईएको छ । नाम्खा गाउँपालिकाका र सिमकोट गाउँपालिका- वडा नं.१, ३ र ४ का केही घरधुरी बाहेक अन्य सवै जिल्लाभरिका मानिसले दसैँ मनाएका छन् ।

दसैँ मनाउनेमध्ये अधिकांश घरधुरीले दसैँका लागि बली दिने चलन नै रहेको छ । तिब्बतबाट पहिले च्याङ्ग्रा भित्रिने हुदा खसी बोकाको मूलय कम पर्थो तर कोभिट १९ मा बन्द रहेको हिल्सा नाका च्वाखोला नाका लगाएतका नाकाबाट अहिले खसी बोका तिब्बतले खरिद गरि ल्याउन नदिए पछि लोकल खसी जिल्ला भित्र र जिल्ला बाहिरबाट खिरद गिर ल्याउदा मूल्य आकाशिएको ट्ठथिनयबासी धनसुर कामीले बताए ।

The post हुम्लामा यस बर्षको दशैमा ९ करोडको खसीबोको बिक्री appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102294/