माछा मार्ने जनप्रतिनिधिसहित ५ जना पक्राउ

स्याङ्जा । वडा प्रहरी कार्यालय वालिङले शनिवार माछा मार्नेक्रममा जनप्रतिनिधि सहित ५ जनालाई पक्राउ गरेको जनाएको छ । शनिवार बिहान ४ बजे ग २ च २८६३ नम्वरको गाडी सहित वालिङ १ रामबाच्छाबाट उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ । वालिङ १३ पाठेखोलाका दिपक जिटीको नेतृत्वमा आँधीखोलामा बिद्युतीय माध्यमबाट (करेन्ट लगाएर) माछा मारेर गाडीमा ल्याउनेक्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो । जिटी वालिङ नगरपालिका १३ का वडा सदस्य रहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक इन्द्र बहादुर रानाका अनुसार पक्राउ पर्नेमा सोही ठाउँका बर्ष २५ का मनोज सहनी, बर्ष ४२ का प्रमोद सहनी, बर्ष २८ का सन्जय सहनी र बर्ष ३२ का बालकृष्ण सहनी रहेका छन् ।

उनीहरुलाई जलचर ऐन, २०१७ अनुसार आवश्यक कारवाही पक्रिया अगाडी बढाइएको वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक सुजन वि.कले बताए । जलचर ऐन २०१७ अनुसार करेन्ट लगाएर माछा मार्नेलाई १ हजार देखी ५ हजार सम्म जरिवना तोकिएको छ ।

माछा मार्दा प्रयोग हुने विद्युतीय समाग्री सहित गाडी प्रहरीले बरामद गरेको छ । जनप्रतिनिधि समेत रहेका जिटी पटक—पटक माछा मार्नेक्रममा पक्राउ पर्दै प्रहरीले छाड्ने गरेको बताइएको छ ।

The post माछा मार्ने जनप्रतिनिधिसहित ५ जना पक्राउ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/101091/