विश्व च्याम्पियन वेस्ट इन्डिज ए क्रिकेट टोली काठमाडौं आइपुग्यो

समाचार सुन्नुहोस : 

काठमाडौँ – दुई पटक एकदिवसीय र टी–२० विश्वकप विजेता वेस्ट इन्डिजको क्रिकेट टिम नेपाल आइपुगेको छ । बुधबार बिहान वेस्ट इन्डिज ‘ए’ क्रिकेट टिम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएको हो । विमानस्थलमा नेपाल क्रिकेट संघ (क्यान) का क्रिकेट म्यानेजर विनोद दासले वेस्ट इन्डिजको टिमलाई स्वागत गरेका थिए ।

रोस्टन चेजको कप्तानीमा सिनियर टोलीबाट खेलेका १२ खेलाडीसहित वेस्ट इन्डिजको ‘ए’ टिममा छन् । वेस्ट इन्डिज ‘ए’ ले नेपालसँग पाँच टी-२० खेलको सिरिज खेल्नेछ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिलो खेल शनिबार हुनेछ । नेपालले वेस्ट इन्डिज ‘ए’ सँग दोस्रो खेल १६ वैशाखमा, तेस्रो खेल १९ वैशाख, चौथो खेल २० वैशाख र २२ वैशाखमा अन्तिम खेल खेल्नेछ ।

नेपालले वेस्ट इन्डिज ‘ए’ सँग आईसीसी टी-२० विश्वकपको तयारी स्वरूप शृंखला खेल्न लागेको हो । वेस्ट इन्डिज ‘ए’ सँगको शृंखलापछि नेपाली क्रिकेट टिम टी-२० विश्वकप खेल्न अमेरिका प्रस्थान गर्नेछ ।

 

The post विश्व च्याम्पियन वेस्ट इन्डिज ए क्रिकेट टोली काठमाडौं आइपुग्यो appeared first on Samudrapari.com.

Source : https://samudrapari.com/2024/04/476867/