शुक्रबारबाट हलमा बोक्सीको घर, प्रिमियरमा सुखद प्रतिक्रिया

काठमाडौं । अभिनेत्री केकी अधिकारीले निर्माण गरेको चलचित्र ‘बोक्सीको घर’को १४ बैशाख (आज)बाट देशव्यापी रिलिज हुँदैछ । रिलिज अघि यो चलचित्रको बुधबार साँझ काठमाडौंमा यो चलचित्रकोे भव्य प्रिमियर शोको आयोजना गरिएको छ । चलचित्रले प्रिमियरमा चलचित्रकर्मीबाट राम्रो प्रतिक्रिया पाएको छ ।

सुलक्षण भारतीको लेखन तथा निर्देशनमा यो चलचित्र तयार भएको हो । यो चलिचत्रमा केकी अधिकारीसँगै सुपला सापकोटा, श्वेच्छा राउत, सुलक्षण भारती, रमा थपलिया, सुष्मा निरौला, सबिन बास्तोलालगायतको मुख्य भूमिका रहेको छ ।

कार्यक्रममा बोल्दै चलचित्र विकाश बोर्डका अध्यक्ष एवम् अग्रज अभिनेता भुवन केसीले समाजको एउटा गम्भिर बिषयलाई यो चलचित्रलाई प्रसँसायोग्य रुपमा समेटिएको बताए । यस्तै, निर्देशक तथा कलाकार दीपाश्री निरौलाले पनि ‘बोक्सीको घर’ उत्कृष्ट सिनेमा बनेको भन्दै सम्पुर्ण दर्शकलाई सिनेमा हेरेर साथ दिन आग्रह गरिन् ।

प्रिमियर शोमा यो चलचित्र हेरेपछि अभिनेत्री बेनिशा हमालले समाजमा घट्ने विभिन्न घटना मध्येको एउटा कुरीतिलाई टपक्क टिपेर यो चलचित्र निर्माण गरेकोमा बताईन् । बोक्सी भन्ने कुरामा आफुलाई विश्वास नलाग्ने उनको कथन थियो ।

यो चलचित्रमा यतिबेला निकै चलेको गीतको गायक तथा अभिनेता प्रकास सुपतले चलचित्रको माग अनुसारको गीत आफुहरुले यो चलचित्रको प्रोमोसनमा राखेको बताए । आफ्नो गीतले चलचित्रको व्बयसायमा निकै सघाउने विश्वास उनले व्यक्त गरे । आफुले सिनेमा हेरेर नै सिनेमाको मर्म अनुसार नै गीत बनाएको पनि उनले बताए ।

अभिनेत्री तथा उद्घोषिका रिमा विश्वकर्माले पनि सिनेमा राम्रो बनेको भन्दै यस्तो विषयवस्तुमा सिनेमा बनाउने हिम्मत गरेकोमा साथी अभिनेत्री तथा निर्मात्री केकी अधिकारीलाई बधाई दिइन् । साथै केकीले सिनेमाको पात्रको मनोदशा अनुसार उत्कृष्ट काम गरेको बताइन् । यस्तै सिनेमामा अभिनय गरेकी बालकलाकार सुपला सापकोटाको अभिनयको पनि तारिफ गरिन् ।

अभिनेत्री निशा अधिकारीले यो चवचित्र निर्माण गर्न केकी अधिकारीले देखाएको हिम्मतलाई सलाम गर्छु भनिन् । महिलाले यो चलचित्र हेर्नै पर्ने उनको कथन थियो । यस्तै सिनेमाकी निर्मात्री तथा मुख्य अभिनेत्री केकी अधिकारीले शुक्रबारसम्म ‘बोक्सीको घर’ आफ्नो सिनेमा भएपनि त्यसपछि सम्पुर्ण दर्शकको सिनेमा भएकाले साथ र सहयोगको अपेक्षा रहेको बताइन् ।

अर्की अभिनेत्री स्वस्तीमा खड्काले सिनेमा हेरेर महिला वा पुरुषको रुपमा विभाजित गर्नु भन्दा पनि समाजको चेतना स्तर कस्तो छ भन्ने कुरालाई ध्यान दिनुपर्ने बताइन् ।

आफुले निर्देशक सुलक्षण भारतीसँग मिलेरले समाजको कथा उठान गरेकाले सवैको साथ पाउनेमा आशावादी छु । प्रिमियरमा सिनेमालाई राम्रो प्रतिक्रिया मिलेको भन्दै दर्शकले पनि सिनेमा रुचाउने विश्वास व्यक्त गरिन् ।

निर्देशक तथा निर्माता अशोक शर्माले पनि सिनेमाले उठाएको कथावस्तुको प्रशंसा गरेका थिए । उनले यस्तो सिनेमालाई दर्शकको साथको आवश्यक रहेको बताए ।

समाजमा बेक्सीको नाममा महिलाहरुमाथि चरम यातना दिनेक्रम नघटेपछि आफुले सुरुमा यसलाई लेखेर नाटकको रुपमा मञ्चन गरेको र अहिले चलचित्रको रुपमा ल्याएको यसका निर्देशक एवम् अभिनेता सुलक्षण भारतीको कथन थियो ।

हुन पनि यो चलचित्रमा महिलालाई कसरी बोक्सीको आरोप कसरी यातना दिइन्छ भन्ने कथालाई प्रस्तुत गरिएको छ । सिनेमाले पुरुषहरुको स्वार्थको लागि महिलालाई बोक्सी घोषणा गर्दै आएको पनि यो चलचित्रको कथनमा उल्लेख छ ।

लोचन रिजालको ब्याकग्राउण्ड म्युजिक रहेको सिनेमामा शिवराम श्रेष्ठको छायांकन र लोकेश बज्राचार्यको सम्पादन छ । टिफल्क फिल्मसले सिनेमाको वितरण अधिकार लिएको छ । केकी अधिकारी फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमा नेपालसहित विभिन्न देशमा एकसाथ प्रदर्शनसँगै अन्तर्राष्ट्रिय महोत्सवमा समेत लैजाने तयारी केकीको छ । सिनेमामा निर्माताका रुपमा केकीका बाबु बद्री अधिकारी रहेका छन् भने राज घिमिरे कार्यकारी निर्माता हुन् ।

The post शुक्रबारबाट हलमा बोक्सीको घर, प्रिमियरमा सुखद प्रतिक्रिया appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/95149/