पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

काठमाण्डौ – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ बढाएको छ । निगम सञ्चालक समितिको बैठकले गएरातिदेखि लागू हुने गरी पेट्रोलमा लिटरको १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा लिटरको ४ रुपैयाँ बढाएको हो । भाउ बढेपछि पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५६ रूपैयाँ ५० पैसा तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १४८ रूपैयाँ ५० पैसा पर्नेछ । दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङ क्षेत्रमा अब पेट्रोलको भाउ लिटरको १५८ रूपैयाँ तथा डिजेल र म...

Source : https://ujyaaloonline.com/story/107814/2024/10/16/prices-of-petrol-diesel-and-kerosene-increased