बीपी राजमार्गको काभ्रे–नेपालथोक सडकमा ५ घन्टासम्म जाममा बस्नुपर्ने बाध्यता

काठमाण्डौ – बाढी र पहिरोले सडक भत्काएपछि बीपी राजमार्गको काभ्रे–नेपालथोक सडकमा पाँच घन्टासम्म जाममा बस्नुपर्ने भएको छ । सुनकोशी नदीले नौ किलोमिटरभन्दा धेरै सडक बगाएपछि त्यहाँ बैकल्पिक सडक बनाइएको छ । तर सडक साँघुरो र असहज भएको कारण गाडीको लामो जाम हुने गरेको छ । पाँच घन्टा जाममा बस्नुपर्ने भए पनि पूर्वी जिल्लाबाट काठमाण्डौ आवातजावात गर्ने चालकहरुले त्यही बाटो प्रयोग गर्ने गरेका छन् । चितवन हुँदै काठमाण्डौ आवातजावात गर्ने विकल्प भए पनि छोटो बाटो भएकोले जाम सहेरै बीपी राजमार्गबाट गाडी चलाइरहेको चालकहरु बत...

Source : https://ujyaaloonline.com/story/108090/2024/10/23/forced-stay-traffic-5-hours-kavre-nepalthok-road