वडाध्यक्षद्वारा दोहोरो यातायात सुविधा रकम फिर्ता

खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीका वडाध्यक्ष तुलाराम राईले दोहोरो यातायात सुविधा वापत लिएको ४७ हजार ५२० रुपैयाँ फिर्ता गरेका छन् । महालेखा परीक्षकको कार्यालयले आर्थिक वर्ष २०७९–८० को लेखापरीक्षण प्रतिवेदनमा दोहोरो सुविधा लिएको औंल्याएपछि वडाध्यक्ष राईले रकम राजश्व खातामा जम्मा गरेका हुन् ।

नेकपा एकीकृत समाजवादीबाट निर्वाचित वडाध्यक्ष राईले सामाजिक सञ्जालमार्फत रकम फिर्ता गरेको जानकारी दिएका छन् । महालेखाले वडाअध्यक्ष राईसहित नौ जना गाउँ तथा नगरसभाका सदस्यहरूबाट कुल १ लाख ७० हजार २४० रुपैयाँ असुल गर्नुपर्ने औंल्याएको थियो ।

गाउँ तथा नगरसभाका सदस्यहरूको सुविधासम्बन्धी ऐन, २०७५ अनुसार सवारी साधन नलिएका पदाधिकारीहरूले मात्र यातायात खर्च पाउने व्यवस्था छ । तर सवारी साधन सुविधा लिएर पनि मासिक यातायात खर्च लिएको पाइएपछि महालेखाले उत्त रकम स्थानीय सञ्चित कोषमा फिर्ता गर्न निर्देशन दिएको थियो ।

The post वडाध्यक्षद्वारा दोहोरो यातायात सुविधा रकम फिर्ता appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102527/