साफ महिला च्याम्पियनशिपमा बङ्गलादेश र पाकिस्तान खेल्दै

काठमाण्डाै – साफ महिला च्याम्पियनशिप फुटबलमा आज समूह ‘ए’ का बङ्गलादेश र पाकिस्तान खेल्दैछन् । यो खेल बेलुकी साढे ५ बजे त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हुनेछ । प्रतियोगितामा बङ्गलादेशको यो पहिलो खेल हो । पाकिस्तान पहिलो खेलमा भारतसँग ५–२ गोलले पराजित भएको थियो । साफ महिला च्याम्पियनशिपको समूह ‘ए’ मा भारत, बङ्गलादेश र पाकिस्तान छन् । यस्तै समूह ‘बी’ मा आयोजक नेपालसहित भुटान, श्रीलङ्का र माल्दिभ्स छन् ।

Source : https://ujyaaloonline.com/story/107972/2024/10/20/ban-and-pak-playing-in-saff-women-championship