बाजुरामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका व्यक्तिकाे उपचारका क्रममा ज्यान गयाे

बाजुरा – बाजुराको बडीमालिका नगरपालिकामा अरिङ्गालले चिलेर गम्भीर घाइते भएका एक जनाको उपचारका क्रममा ज्यान गएको छ । गएको असोज २५ गते अरिङ्गालले चिलेर टोकेर घाइते भएका ६० वर्षीय डम्मबहादुर साउदको १० दिनपछि उपचारको क्रममा ज्यान गएको हो । उहाँको भारतको नायर अस्पतालमा उपचार भइरहेको थियो । उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको आफन्त नरेन्द्र थापाले बताउनुभयो । असोज २५ गते घरबाट आधा घण्टाको दूरीमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ (छानो) नजिकै अ...

Source : https://ujyaaloonline.com/story/108021/2024/10/21/one-died-of-injuries-due-to-the-bite-of-hornet