माल्टा पठाउने भन्दै ७ लाख ३० हजार रुपैयाँ ठग्ने पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीका लागि माल्टा पठाईदिने भन्दै रकम ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा जिल्ला सिराहा नगरपालिका वडा नं. १० घर भई हाल काठमाडौँ महानगरपालिका वडा नं. ३१ मध्येबानेश्वर बस्ने २८ वर्षीय मनोज काफ्ले रहेका छन् ।

उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले कार्तिक ८ गते मध्येबानेश्वरबाट पक्राउ गरेको हो ।

काफ्लेले एक जनालाई वैदेशिक रोजगारीका लागि माल्टा पठाउने भनेर ७ लाख ३० हजार रुपैयाँ ठगी गरेका थिए । उनलाई पक्राउ गरी थप अनुसन्धान तथा आवश्यक कारवाहीका लागि वैदेशिक रोजगार विभाग पठाईएको प्रहरीले जनाएको छ ।

Source : https://arthasarokar.com/2024/10/pakrau-287.html