एमालेमा ‘बुर्जुवा जीवनशैली’ अपनाउन प्रतिबन्ध, अनुशासनमा बाँध्न ५ बुँदे आचारसंहिता
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई 'बुर्जुवा जीवनशैली' (पुँजीपति वा उच्च कुलीन वर्गको पक्षपोषण गर्ने जीवनशैली) अपनाउने छुट नभएको भन्दै त्यस्तो जीवनशैली र कार्यशैली परिवर्तन गर्न पाँच बुँदे आचारसंहिता लगाएको छ ।