एक सातासम्म नयाँ कीर्तिमान राखेर घट्यो सुनको मूल्य

काठमाडौं– एक सातासम्म निरन्तर बढेर दिनहुँ कीर्तिमानी रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा आज गिरावट आएको छ।

यसअघिका सात दिनसम्म निरन्तर बढेर दिनहुँ उच्च मूल्यको नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज सात सय रुपैयाँले घटेको छ । सुनको मूल्य बिहिबार एक लाख ६६ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार सुनको मूल्य एक लाख ६६ हजार सातसय रुपैयाँ कायम भएको थियो ।

यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार प्रतितोला ३५ रुपैयाँ बढेर अहिलेसम्मकै सर्वाधिक महँगो बनेको चाँदीको मूल्य आज ४० रुपैयाँले घटेको महासंघले जनाएको छ।

आज चाँदीको मूल्य दुई हजार ९५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी दुई हजार एकसय ३५ रुपैयाँमा कारोबार भएको थियो।

 

Source : https://onlinetvnepal.com/2024/10/185191/