प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् : प्रचण्ड

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीको काम भ्रष्टाचारलाई प्रश्रय दिने रहेको बताएका छन् । सोमबार जुम्लामा प्रेस सेन्टरले गरेको भेटघाटमा पूर्व प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारमा मुद्दा लागेका व्यक्तिबाट जग्गा दान लिएर प्रधानमन्त्री आफैँले पुष्टि गरेको बताएका हुन् ।

‘प्रधानमन्त्रीको काम भ्रष्टाचारलाई प्रश्रय दिने हो भन्ने कुरा आफैले पुष्टि गरेको स्थिति छ’, प्रचण्डले भने, ‘तैपनि हामीले सरकारलाई सय दिनसम्म हनिमुन पिरियड भनिन्छ । त्यो बेला सम्म हामीले खासै विरोधका कार्यक्रम गरेका थिएनौ छैनौँ ।’

उनले सरकारको सय दिन कट्ने वित्तिकै विरोध गर्ने पनि बताए । ‘सय दिन पुगेपछि विरोध सुरु हुन्छ’, प्रचण्डको भनाई छ । आजै विपक्षीका तर्फबाट सरकारलाई ज्ञापन पत्र बुझाउने र विरोधका कार्यक्रम सुरु गर्ने प्रचण्डको भनाइ छ ।

प्रचण्डले आफ्नो नेतृत्वको सरकारले समस्या समाधान र आर्थिक सम्मृद्धिका पक्षमा अन्तर्राष्ट्रिय रूपमा पनि इज्जत बढाउन संयुक्त राष्ट्रसंघदेखि छिमेकी देशसँग महत्त्वपूर्ण सहमति समझदारी गरेको बताए । आफूले आर्थिक, सामाजिक न्यायसहित र भ्रष्टाचारीमाथि कारबाही गर्न थालेपछि बुढानीलकण्ठ र बालकोटमा भूकम्प गएको भन्दै प्रचण्डले त्यो देखेर एमाले कांग्रेसले आफ्नो नेतृत्वको सरकार हटाएको बताए ।

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

The post प्रधानमन्त्रीले नै सरकार भ्रष्टाचारीको संरक्षक हो भन्ने पुष्टि गरेका छन् : प्रचण्ड appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493575/