महाबाणिज्य दुतावासद्धारा सांस्कृतिक कार्यक्रमको आयोजना

वीरगन्ज स्थित भारतीय महाबाणिज्य दुतावासले सास्कृतिक कार्यक्रमको आयोजना गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदी सरकारले मराठी, पाली, प्राकृत, असमिया र बंगाली भाषाहरूलाई शास्त्रीय भाषाको दर्जा दिने निर्णय गरेको उपलक्ष्यमा सास्कृतिक कार्यक्रमको आयोजना गरेको हो । शास्त्रीय भाषाबाट भारतको प्राचीन सांस्कृतिक सम्पदाको संरक्षण गर्ने उदेश्य अनुसार प्रत्येक समुदायको ऐतिहासिक र सांस्कृतिक विकासको लागी शास्त्रीय भाषाको दर्जाना प्रदान गरिउको भारतीय सरकारको बुझाइ रहेको छ ।

भारतीय महाबाणिज्य दुतावास कार्यालय परिसरमा आयोजित कार्यक्रममा शारदाकला केन्द्र, रक्सौल र दिल्ली पब्लिक स्कूल, बीरगंजका विद्यार्थीहरूले मराठी, असमिया र बंगाली भाषामा सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । महावाणिज्यदूत देबी सहायमीनाुले आफ्नो मन्तव्य व्यक्त गर्दै विभिन्न भाषाहरूलाई शास्त्रीय भाषाको दर्जा प्रदान गर्ने काम सराहणीय भएको बताउदै यसको महत्त्वबारे संक्षिप्त जानकारी गराउने भएको थियो ।

कार्यक्रममा चन्द्र किशोर झा, श्रीमती गीता कर्ण, अशोक बैद लगायतका वक्ताहरुले भाषाको शास्त्रीय संज्ञाबारे आफ्नो धारणा राख्नुभएका थिए । विक्षु श्रीमेधंकर स्थविर र विक्षु श्री महा मिलनज्युले पनि मन्तव्य राख्दै भारतमा पाली भाषालाई शास्त्रीय भाषाको संज्ञा प्रदान गरेकोमा खुशी व्यक्त गर्नुभयो। यसले प्राचीन भाषाको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

The post महाबाणिज्य दुतावासद्धारा सांस्कृतिक कार्यक्रमको आयोजना appeared first on Janakpur Today.

Source : https://ejanakpurtoday.com/2024/10/25/100268/