साफ महिला च्याम्पियनसिपमा नेपाल माल्दिभ्सको सामना गर्दै

काठमाडौं।

जारी साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्सको सामना गर्दै छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपाल र माल्दिभ्सबीचको खेल साँझ साढे ५ बजेदेखि शुरु हुने हुनेछ।

समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्। नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरी खेलेको थियो भने माल्दिभ्स श्रीलंकासँग १–० गोलले पराजित भएको थियो।

नेपालको एक अंक रहेको छ भने माल्दिभ्स अंकविहीन रहेको छ। समुह बी अन्तर्गत नै भुटान र श्रीलंकाबीच को खेल पनि आजै हुदै छ। यो खेल अपराहन्न साढे १ बजेदेखि शुरु हुँदै छ।

भुटानले आफ्नो पहिलो खेलमा नेपालसँग बराबरी खेलेको थियो भने श्रीलंकाले माल्दिभ्सलाई पराजित गरेको थियो ।

Source : https://newsofnepal.com/2024/10/21/674456/