सुन्दरहरैंचामा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने

बिराटनगर । मोरङको सुन्दरहरैंचामा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने भएको छ। सोमबार देखि प्रथम सुन्दरहरैंचा वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने भएको हो ।

सुन्दरहरैंचा १२ मा रहेको इन्द्रपुर क्रीकेट क्लबले प्रतियोगिता आयोजना गर्न लागेको शनिबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । इन्द्रपुर क्रीकेट क्लबले स्थानीय स्थारमा क्रिकेटको विकास गर्न,युवाहरुमा क्रिकेट खेलप्रतिको चासो र जजागरुपता बढाउने लक्ष्यको साथ पहिलो पटक प्रतियोगिता गर्न लागेको क्लबका अध्यक्ष प्रमेन्द्र केसीले जानकारी दिए।

अध्यक्ष केसीका अनुसार सुन्दरहरैंचा नगर भित्रका प्रतिभाशाली खेलाडीहरुलाई पहिचान गरेर भविष्यमा उनीहरुको लागि अवसर सिर्जना गर्ने मुख्य उदेश्यले क्लवले वडा स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्न लागेको बताए।

पत्रकार सम्मेलनमा बोल्दै सुन्दरहरैंचा १२ का वडा अध्यक्ष तथा नगर प्रवक्ता रोशन प्रसाद ढकालले इन्द्रपुर क्रीकेट क्लबले पहिलो पटक आयोजना गर्न लागेको प्रतियोगिता सफल बनाउन सबैलाई अनुरोध गरेका छन्। प्रतियोगितामा १२ टिमको सहभागिता रहने छ।

सो प्रतियोगिता कार्तिक ५ गते सोमबार देखि १० गतेसम्म सुकुना बहुमुखी क्याम्पसको खेल मैदानमा हुनेछ। प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजारको साथमा ट्रफी तथा प्रमाण पत्र प्राप्त गर्नेछ ।

दोश्रो हुने टिमले नगद १५ हजारको साथमा ट्रफी तथा प्रमाण पत्र प्रदान गरिने छ । उत्कृष्ठ खेलाडीलाई नगद २ हजार दिईने आयोजकले जनाएको छ। आम्दानी ३ लाख ५० हजार हुने छ भने खर्च पनि त्यतिनै हुने आयोजकले अनुमान गरेको छ। खेलमा सम्पूर्ण खेलप्रेमीहरुको उत्साहपूर्ण सहभागिता रहने बताईएको छ।

The post सुन्दरहरैंचामा पहिलो पटक वडा स्तरीय क्रीकेट प्रतियोगिता हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

Source : https://rajdhanidaily.com/id/102416/