काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएकाे विद्युतीय कारमा आगलागी

समाचार सुन्नुहोस : 

काठमाडौँ – काठमाडौंको सितापाइलामा पार्किङ गरिएको एक विद्युतीय कारमा आगलागी भएको छ। प्रहरीका अनुसार, बा प्र ०२० २९ च ५९५० नम्बरको उक्त कारमा आगलागी भएको हो।

उक्त कार विश्वास स्पोर्ट्स सर्भिस सेन्टरमा पार्किङ गरिएको थियो। प्रहरीको अनुमान अनुसार कारको ब्याट्री सर्ट भएर धुवाँ निस्किएको हो। जसका कारण आगलागी भएको देखिन्छ।

यस घटनामा कुनै मानवीय क्षति भएको छैन। आगलागीलाई प्रहरीले दमकल र स्थानीयको सहयोगमा नियन्त्रणमा लिएको छ।

The post काठमाडौंको सितापाइलामा पार्किङ गरेर राखिएकाे विद्युतीय कारमा आगलागी appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493560/