क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो

समाचार सुन्नुहोस : 

काठमाडौँ – मेलम्ची नदीबाट सुन्दरीजलको पानी प्रशोधन केन्द्रमा आइरहेको पानीको परिमाण प्रशोधन क्षमताभन्दा धेरै भएको कारणले बाँकी पानीलाई बागमती नदीमा पठाउन थालिएको छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी प्रमुख रत्न लामिछानेका अनुसार मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी काठमाडौँमा आइपुग्छ। यद्यपि, हाल सुन्दरीजल प्रशोधन केन्द्रले १८ करोड लिटर मात्रै प्रशोधन गर्न सक्ने भएकोले बाँकी पानी उपत्यकामा वितरण गर्न नसकिएर बागमती नदीमा छोड्नुपर्ने अवस्था आएको हो।

सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रको क्षमताभन्दा बढी पानी बागमती नदीमा पठाइएका कारण अहिले बागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । मेलम्चीबाट आएको बढी पानी बागमती नदीमा पठाइएका कारण फोहर देखिँदै आएको नदी क्रमिक रुपमा सङ्लो हुँदै जान थालेको लामिछानेले बताए।

The post क्षमताभन्दा बढी भएको मेलम्चीको पानी बागमती नदीमा पठाउन थालियो appeared first on Samudrapari.

Source : https://samudrapari.com/2024/10/493805/