इजरायलद्वारा इरानमा आक्रमण 

काठमाडौँ। 

इजरायलले “इरानमा सैन्य लक्ष्य” मा आक्रमण गरिरहेको बताएको छ । इजरायलको सेनाले “इरानमा सैन्य लक्ष्यहरूमा सटीक हमला गरिरहेको जनाएको छ । स्थानीय समय अनुसार शनिवार बिहान एक विज्ञप्तिमा आक्रमण भई रहेको बताएको छ ।

तेहरानमा विष्फोटहरू सुनिएको सिएनएनले जनाएको छ । इजरायल रक्षा बल (आईडीएफ)ले आक्रमणहरू इरानको प्रतिक्रियामा दिएको जनाएको छ ।

“विश्वका सबै सार्वभौम देशहरू जस्तै इजरायलसँग जवाफ दिने अधिकार र कर्तव्य छ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

अक्टोबर ७ देखि इजरायललाई “सातवटा मोर्चाहरूमा इरानी भूमिबाट प्रत्यक्ष आक्रमणहरू सहित अथक आक्रमण गरिरहेको इजरायली रक्षा बलले जनाएको छ ।

आईडिएफ चेतावनी दिँदै यसको “रक्षात्मक र आक्रामक क्षमताहरू पूर्ण रूपमा परिचालन गरिएको बताएको छ ।

Source : https://newsofnepal.com/2024/10/26/675278/